तनहुँ । नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि दुई महामन्त्रीलाई खटाएको छ ।

कांग्रेसले महामन्त्री गगन थापालाई तनहुँ– १ र महामन्त्री विश्वप्रकाश शर्मालाई चितवन–२ मा खटाएको हो ।

तनहुँ–१ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी दर्ता गराउन महामन्त्री थापा भोलि तनहुँ आउदै छन् ।

महामन्त्री थापासँग केन्द्रीय सदस्य उमेशजंग रायमाझी पनि तनहुँ आउदै छन् । महामन्त्री थापाले गोविन्दराज जोशीलाई भट्टराई पक्षमा समर्थन गराउने प्रयास गरिरहेका छन् ।

यस्तै महामन्त्री शर्मा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ता गराउन चितवन जाने भएका छन्।

शर्मासँग सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) चितवनको उम्मेदवारी कार्यक्रममा सहभागी हुने छन् ।

तनहुँ–१ मा महामन्त्री थापा र चितवन २ मा शर्माले समन्वयको जिम्मा पाएका छन् । दुवै महामन्त्रीले मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box