माओवादी तनहुँले भन्यो : हाम्रै पार्टीको उम्मेदवार चाहिन्छ

Byखवरबाटिका

१९ चैत्र २०७९, आईतवार १९:३९ १९ चैत्र २०७९, आईतवार १९:३९ १९ चैत्र २०७९, आईतवार १९:३९

तनहुँ । नेकपा माओवादी केन्द्र तनहुँबाट प्रतिनिधित्व गर्ने नेताहरूले आफ्नै पार्टीको उम्मेदवार चाहिने भन्दै शीर्ष नेतृत्वलाई दबाब दिएका छन् ।

आइतबार उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर तनहुँ १ बाट पार्टीकै आधिकारिक उम्मेदवार उठाउनुपर्ने दबाब दिएका हुन् ।

नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दिने तयारी गरेका छन् ।

माओवादीले पनि आफ्नै उम्मेदवार उठाएर जानुपर्ने भन्दै शनिवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर दबाब दिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए ।

गठबन्धनको नाममा अरूलाई सघाउँदा पार्टी कमजोर हुने तनहुँ माओवादीका नेताहरूले बताउँदै आएका छन् ।

तनहुँबाट प्रतिनिधित्व गर्ने पार्टी कोषाध्यक्ष श्रीराम ढकाल, केन्द्रीय सदस्य आशा कोइराला, ओमकुमारी पौडेल, गण्डकी प्रदेशका भौतिक मन्त्री हरिबहादुर चुमान, जिल्ला संयोजक मदन आले लगायत २० जनाले प्रधानमन्त्रीलाई आफ्नै उम्मेदवार उठाउन दबाब दिएका हुन् । लगत्तै कोषाध्यक्ष ढकालले आफू चुनाव नलड्ने पार्टीले भने कुनै न कुनै उम्मेदवार उठाउनुपर्ने माग गरेका थिए ।

‘तनहुँमा माओवादी तेस्रो भए पनि राम्रो मत छ । यत्तिकै अरूलाई छोड्न हुँदैन । पार्टीले कुनै न कुनै नेतालाई उठाउनुपर्छ भन्ने सुझाव दिनुभएको छ’ प्रधानमन्त्री सचिवालयका ती सदस्यले भने, ‘यदि उम्मेदवार नउठाएमा मतको सुरक्षा हुँदैन । सङ्गठन झन् बिग्रन्छ । जसरी पनि पार्टीले उम्मेदवार उठाउनुपर्छ भन्ने छ ।’ पार्टी सङ्गठन बलियो बनाउन पनि उम्मेदवार उठाउनुपर्ने नेताहरूले सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box