बन्दीपुरमा नयाँ वर्षमा सडक खाना महोत्सव हुने, लाखे नाच देखि भजनसम्म देखाइने

Byखवरबाटिका

१९ चैत्र २०७९, आईतवार २२:५३ १९ चैत्र २०७९, आईतवार २२:५३ १९ चैत्र २०७९, आईतवार २२:५३

बन्दीपुर तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर, बन्दीपुर पर्यटनविकास समिति, क्षेत्रीय होटल संघ, रेबान तनहुँको संयुक्त आयोजनामा यही चैत ३० गतेदेखि वैशाख गतेसम्म जारी रहने बन्दीपुरगाउँपालिका महोत्सवको संरक्षक रहेको

बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ वर्षमा सडक खाना महोत्सव गर्न लागिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्षकिसन प्रधानले बताए

सडकमा खाऔँ, सडकमै रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरौँभन्ने मूल नारासहित सडक खाना महोत्सव आयोजना गर्नलागिएको आइतवार बन्दीपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानले बताए

बन्दीपुरमा पर्यटन व्यवसायीहरुको आर्थिक उन्नतीमा वृद्धि गर्न   संस्कृति, परम्परा मौलिकता साथै लोभ हुन लागेका कला संस्कृतिकोजर्गेन गर्ने सडक खाना महोत्सव गर्न लागेको तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाइका अध्यक्ष घनश्याम उपाध्ययले बताए

उनले थपे `आन्तरीक तथा बाहय पर्यटकहरु लाई मनोरञ्जन गराउनुको साथै पर्यटकहरु बढी भन्दा बढी भित्र्याउनु यस कार्यक्रमको मुख्यउदेश्य हो

बन्दीपुर एक ऐतिहासिक, पौराणीक, मौलिकता संस्कृतिले भरिपुर्ण भएको सुन्दर नगरी पहाडकी रानी बन्दीपुर हो त्यस कारणले गर्दानयाँ वर्ष २०८० सालको कार्यक्रमका लागि स्थानीय कार्यक्रमहरु लाखे नाच, डोको नाच, बाघ जात्रा, पुतली च्वे, खाच्चा द्यौ, चुड्कानाच, घाटु नाच, बालम नाच, सोरठी नाच, लामा नाच भजन जस्ता कार्यक्रमहरु हुने क्षेत्रिय होटल संघ बन्दीपुरकी अध्यक्ष संगिताप्रधानले जानकारी दिईन

सडक खाना महोत्सबका लागि बन्दीपुरमा उत्पादित अर्गानीक खानेकुराहरुको स्टल राखी प्रर्दशन गर्दै बिक्री वितरण गरिने उनले बताईन

सो महोत्सव अवधीमा होटलमा पहिलो आउने पाहुनालाई प्रत्यक होटलमा एउटा कोठा रुपैयाँमा दिने व्यवस्था मिलाइएकोआयोजकले जनाएको महोत्सवमा ५० हजार पर्यटक करिब १५ लाख खर्च रहेको समेत आयोजकले जनाएको

बृहत बन्दिपुर बनाउने अभियानमा यस्ता कार्यक्रमले सहयोग पुर्‍याउने बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष पन्चमाया गुरुङले बताईन उनले अगाडि भनिन सबै बन्दीपुरे एकजुट भएर कार्यक्रम सफल बनाउनु पर्छ गाउँपालिकाको सहयोग समेत हुन्छ

पोखरा जाने पर्यटकलाई बन्दीपुर ल्याउने वातावरण मिलाउने तयारी गरिरहेको गाउँपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले बताए

कसरी पुग्ने बन्दीपुर ?

काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै एक सय ३३ किलोमिटर पार गरेपछि डुम्रे बजार पुगिन्छ पर्यटकहरू डुम्रे ओर्लेपछि ट्याक्सी लिएरजंगलका हरियालीसमेतको मनोरम दृश्य हेर्दै बन्दीपुरको उकालो चढ्दाको मजा भिन्दै महसुस गर्छन् घुमाउरो पहाडको मनोरम दृश्यछिचोल्दै आठ किमि दुरी पार गरेपछि बन्दीपुर आइपुग्छ काठमाडौंबाट चार घन्टाको सवारीयात्रा गरेपछि पुग्न सकिन्छ भने पोखराबाटदुई घन्टामै

यस्तै दमौलीबाट १८ किलोमिटर डुम्रेबाट किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायतकाहिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ

बन्दीपुरमा होटल संघसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् यस्तै यहाँ होमस्टेको समेत व्यवस्था रहेको

यी हुन आकर्षण

भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको

नेपालको तनहुँ जिल्ला स्थित यो विभिन्न जनजाति संस्कृतिको जीवित संग्रहालय हो यो मनमोहक सुन्दर नगरी पहाडकी रानी बन्दीपुरइतिहास परम्परा आर्कषक नेवारी बास्तु कलाले भरिएको सुन्दर ढंगले संरक्षित परम्परागत नेवारी घरहरु, ढुंगाले छापेको बाटाहरु १८ औँ शताब्दीको आर्कषक नेवारी घरहरु छन् भने बन्दीपुरमा पहिले मगरहरु बस्ने गर्थे मगर भाषमा यस ठाँउको नाम बस्न गयो बनको अर्थ वनदीको अर्थ पानी पुरको अर्थ ठाँउ हो प्रचुर मात्रमा पानीको स्रोत भएको बन क्षेत्रले घेरिएको हुनाले मगरहरुलेयसलाई बन्दीपुर नाम दिएको भन्ने जनधारण हाल आएर नेपालको पर्यटकीय गन्तव्य मध्ये बन्दीपुर पनि एक गन्तव्य हो भने गण्डकीप्रदेशको पोखरा पछिको दोस्रो पर्यटकीय गन्तव्य पनि हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box