गोविन्द भट्टराईलाई जिताउन किसान श्रेष्ठ दमौलीमा

Byखवरबाटिका

३ बैशाख २०८०, आईतवार २३:१९ ३ बैशाख २०८०, आईतवार २३:१९ ३ बैशाख २०८०, आईतवार २३:१९

दमौली । लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन नेपाली कांग्रेसका अतिरिक्त अन्य पाटीका नेताहरु समेत तनहुँमा आएका छन् ।

केन्द्रीय स्तरका नेताहरुको आवागमनले तनहुँ–१ को उपनिर्वाचन रोचक बनेको छ ।

भट्टराईको चुनावी प्रचारको लागि नेकपा एकीकृत समाजवादीका नेता तथा प्रतिनिधी सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान आईतबार दमौली आएका छन ।

पार्टीले गठवन्धनका उम्मेदवार भट्टराईलाई जिताउन जिम्मेवारी दिएर खटाए अनुसार तनहुँ आएको श्रेष्ठले जानकारी दिए ।
‘‘म अब चुनावसम्म तनहुँ बस्छु र त्यसविचमा तनहुँका धेरै ठाउँमा पुग्छु’’ सांसद श्रेष्ठले भने ।

गठवन्धनका उम्मेदवार र अन्य दलका उम्मेदवारलाई श्रेष्ठले घर साङ्ले र बन साङ्लेको संज्ञा दिँदै भट्टराईले जित्ने दावी गरे ।

श्रेष्ठ तनहुँ क्षेत्र नं १ का निर्वमान सांसद श्रेष्ठ हाल बाराबाट निर्वाचित सांसद हुन ।

नेपाली कांग्रेसद्धारा दुई जनालाई पार्टी सदस्यताबाट निष्कासन

नेपाली कांग्रेस तनहुँले दुई जनालाई पार्टीको साधरण सदस्यता समेत नरहने गरी निष्कासन गरेको छ ।

यही बैशाख १० मा हुने तनहुँ क्षेत्र नं. १ को उपनिर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार विरुद्ध प्रचार प्रसारमा लागेको पाइएकोले निष्कासन गरेको नेपाली कांग्रेस जिल्ला अनुशासन समिति केशबहादुर सुनारले जानकारी दिए ।

आँबुखैरेनी गाउँपालिकाका सभापति विष्णुबहादुर पन्त, वडा नम्बर ३ निवासी क्रियाशिल सदस्य राजु दाहाललाई निष्कासन गरिएको सुनारले बताए ।

वैशाख २ गतेको निर्णय अनुसार निष्कासित गरेको कांग्रेस तनहुँले सूचित गरेको छ । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहितको) दफा ३४ (४) (ख) बमोजिम नेपाली कांग्रेस पार्टीको साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरिएको आईतबार प्रकाशित विज्ञप्तीमा जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *