तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माफी मागेका छन् । तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफ्ना पार्टीका समर्थकहरुले सामाजिक सञ्जालमा गरेको गालीगलोजप्रति आफ्नो कुनै निर्देशन नभएको बताए ।

उनले भने, ‘अहिले पनि सामाजिक सञ्जालमा कतिपय मानिसहरुले हाम्रा समर्थकहरुले गालि गरेको कुरालाई हामीलाई कटाक्ष गरेको कुरालाई मैले हेरे । हाम्रा समर्थकहरुले कसैलाई गालीगलोज गर्नुभएको रहेछ । त्यसको भार पनि हाम्रो टाउकोमा हालिएको छ । म क्षमा चाहन्छु हाम्रो कार्यकर्ता छैनन् र हुनेवाला पनि छैनन् । यो पार्टी कार्यकर्ता रहित पार्टी हो। केही सदस्य छन् सँगसँगै हिँड्छन् ।’

उनले रास्वपालाई माया गर्नेहरुलाई कसैलाई गालीगलोज नगर्ने आग्रह गरे ।

‘कुनै पनि समर्थकले देश विदेशबाट गरिएको रहेछ भने त्यो हाम्रो निर्देशनले होइन। रास्वपालाई माया गर्नुहुन्छ भने कसैलाई गालीगलोज नगर्नुहोला । त्यसको दोष हाम्रो टाउकोमा पर्न आउँछ । जसले गरेका छन् मैलले हात जोडेर माफी मागे । क्षमा गरिदिनुहोला। हाम्रो तर्फबाट भएको होइन’ उनले भने ।

चुनावमा धाँधली हुनसक्ने भएकाले प्रधानमन्त्री र गृहमन्त्रीको गराए ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफू गृहमन्त्री हुँदा बलियोसँग खुट्टा टेकेको कारणले आफूविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।

चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेसम्म भएका भ्रष्टाचारको फाइल खोलेरै छाड्ने बताए ।

उनले भने, ‘मैले संसद्का बोल्दा भनेको थिए। भ्रष्टाचारको कुनै पनि कालखण्डको फाइल खुल्छन् भनेर गृहमन्त्री हुँदा। मैले जब खुट्टा दह्रो टेकेपछि धेरै ठाउँ हल्लियो । त्यसको साइडइफेक्ट र पराकम्पहरु अझै पनि आइरहेका छन् । चाहे चुनावको अघिल्लो दिनसम्म पनि त्यसको पराकम्प आउनेछ ।’

उनले उपनिर्वाचनमा धाँधली हुनसक्ने भएकाले प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराए। लोकतन्त्रमा जनताले जसलाई मत दिने उसले नै जित्ने बताए ।

उनले भने, ‘हामी काम नभएर रानीतिमा आएका होइनौं भएका सारा काम छाडेर यो अभियानका आएका हौं। यो यात्रामा तपाईंले साथ दिनुभएमा पाँच बर्षमा राजनीतिले कोर्स परिवर्तन गर्छ ।’

उनले योग्य मान्छेहरुलाई लिएर अगाडि जाने भएकाले आगामी स्थानीयदेखि संघीय निर्वाचनको लागि तयार भएर बस्ने आग्रह गरे। उनले उपनिर्वाचनमा एकको बदला तीन बनाएरै छाड्ने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *