तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्लेले तनहुँको विकास र देशको अर्थतन्त्र उकास्ने आफ्नो प्रमुख एजेण्डा भएको बताएका छन् ।
तनहुँमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले वैशाख १० को उपनिर्वाचन केवल एक थान सांसद निर्वाचित गरेर प्रतिनिधिसभा पठाउने कर्मकाण्डी संसदीय क्यालेण्डरमात्रै नभएको बताए ।
उनले भने, ‘यो परिवर्तनकारी र यथास्थितिवादीबीचको लडाइँ पनि हो । यो रक्तविहीन शान्तिपूर्ण क्रान्ति हामी परिवर्तनवादीहरुले जित्नुपर्छ । तनहुँको विकास गर्ने, राजनीति सङल्याउने र अर्थतन्त्र उकास्ने मेरो प्रमुख कार्यसूची हो । यहाँ वर्षौंदेखि एउटै समस्या समाधान हुन सकेको छैन ।’
वाग्लेले वैशाख १० को उपनिर्वाचनमा बुथ क्याप्चर हुनसक्ने बताएका छन् ।
चुनावी सभालाई सम्बोधन गर्दै आफ्ना प्रतिस्पर्धीहरु रन्थनिसकेको टिप्पणी गरे ।
उनले भने, तपाईंहरुले घण्टी चिन्हलाई दिनुभएको मत एउटा पनि दुरुपयोग नहोस्। तीनको हामीले संरक्षण गर्न सकौं । मतदान सकिएपछि मतदान केन्द्रसम्म ल्याएर मत नगनेसम्म जनताले नै त्यसको पहरेदारको भूमिका खेल्नुपर्छ ।’