निर्वाचनमा विजयी हुन एक ढिक्का भएर लाग्नुपर्छ : कांग्रेसका नेता कोइराला

Byखवरबाटिका

४ बैशाख २०८०, सोमबार १६:३२ ४ बैशाख २०८०, सोमबार १६:३२ ४ बैशाख २०८०, सोमबार १६:३२

तनहुँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपनिर्वाचनमा विजयी हुन नेपाली कांग्रेसका नेता एवं कार्यकर्ता एकढिक्का भएर लाग्न आग्रह गरेका छन ।

भानु नगरपालिका–२ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै डा. कोइरालाले नेता तथा कार्यकतालाई एक ढिक्का भएर निर्वाचनको तयारीमा केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुनु आग्रह गरे ।

डा. कोईरालाले गुटबन्दीरहित बनाएर एकतावद्ध रुपले अघि बढेर आगामी निर्वाचनमा तनहुँको विराशतलाई कायम राख्नु पर्ने बताए ।

पार्टीभित्र असन्तुष्टि रहेपनि पार्टीलाई एकतावद्ध भएर कांग्रेस अघि बढिरहेको उनको भनाई थियो ।

तिक्ततालाई पार्टीका सम्पूर्ण कार्यकताले बिर्सिएर निर्वाचनमा एकढिक्का हुनुपर्ने विचार गरे । गोविन्द भट्टराई राजनीतिमा समर्पित त्यागी, इमानदार अवसर नपाएको नेता भएको र तनहुँको विकास ठुलो योगदान दिएको नेता भएकोले पार्टीले टिकट दिएको बताए बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेप्रति कटाक्ष गरे । ‘सावधान हुनु होला अवसरवादीहरूबाट जोगिनुहोला तनहुँको राजनीतिक विरासतलाई कायम राख्न गोविन्द भट्टराईलाई जिताउनुपर्छ नेता कोईरालाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *