तनहुँ-१ मा उपनिर्वाचनका दिन अत्यावश्यक बाहेकका सवारी साधन चलाउन निषेध

Byखवरबाटिका

८ बैशाख २०८०, शुक्रबार २०:४४ ८ बैशाख २०८०, शुक्रबार २०:४४ ८ बैशाख २०८०, शुक्रबार २०:४४

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले वैशाख १० मा हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै सो दिन अत्यावाश्यक बाहेकका सवारी साधान चलाउन निषेध गरेको छ ।

कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै तनहुँ निर्वाचन क्षेत्र नम्बर १ भित्र अत्यावश्यक बाहेक कुनैपनि सवारी साधन चलाउन नपाइने जनाएको हो ।

जिल्ला प्रशासन कार्यालयले उपनिर्वाचनको दिन आईतबार तनहुँ क्षेत्र नम्बर १ मा हुने मतदान कार्यलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नको लागि सो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने देवघाट गाउँपालिका, आबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, भानु नगरपालिका र ब्यास नगरपालिका (व्यास न.पा.का ५ र ६ वडा बाहेक) मा दमकल, एम्बुलेन्स, खानेपानीका ट्याङ्कर, दुध बोक्ने सवारी साधन, शववाहन, फोहरमैला ओसार्ने सवारी साधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको परिचय पत्रसहित चलेको सवारी साधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएको पत्रकार चढेको सवारी साधन वाहेक सबै प्रकारका सवारी साधन पूर्ण रुपमा बन्द रहने जनाएको छ ।

मतदानको दिन पृथ्वीराजमार्ग भएर चल्ने सवारी साधनहरुलाई सो राजमार्गको मुग्लिन पुलदेखि दमौलीस्थित मादी नदिको पुल (मादी नदि पश्चिमपट्टीको चापाघाट) सम्मको खण्डमा निश्चित समयको अन्तरालमा सुरक्षाकर्मीको नियन्त्रणमा स्कर्टिङ गरी आवगमन सहजीकरण गरिने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

प्रजिअ रिजालले सो दिन तनहुँ जिल्ला भएर अन्यत्र जाने यात्रुहरुले अत्यावश्यक काम नपरी यात्रा नगर्न र सम्भव भएसम्म वैकल्पिक रुटको प्रयोग गरी यात्रा गर्न समेत अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *