यस्तो छ तनहुँ-१ उपनिर्वाचनको नमुना मतपत्र

Byखवरबाटिका

९ बैशाख २०८०, शनिबार १५:०३ ९ बैशाख २०८०, शनिबार १५:०३ ९ बैशाख २०८०, शनिबार १५:०३

तनहुँ । वैशाख १० गते देशका ३ वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचन अन्तर्गत यतिबेला मौन अवधि जारी छ ।

भोलि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा मतदान हुँदैछ ।

उपनिर्वाचनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा मतपत्र लगायतका निर्वाचन सामग्री पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ ।

तनहुँमा ९ जना उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुँदैछ भने चितवनमा २२ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै बारामा सबैभन्दा धेरै ३४ जना उम्मेदवारहरुबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

मतदानपूर्व निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक समेत गरेको छ ।

नमुना मतपत्रमा राजनीतिक दलले संसदमा पाएको स्थानमा आधारमा क्रमशः चुनाव चिन्ह राखिएको छ ।

यो उपनिर्वाचनको मतपत्रमा माओवादी केन्द्रको भने चुनाव चिन्ह रहेको छैन । गठबन्धन दललाई माओवादीले सघाएर उम्मेदवारी नदिएका कारण ३ क्षेत्रको उपनिर्वाचनको मतपत्रमा माओवादीको उपस्थिति छैन ।

नमुना मतपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *