तनहुँको दमौलीमा मोबाइल चोरको बिगबिगी

Byखवरबाटिका

१५ बैशाख २०८०, शुक्रबार ११:५३ १५ बैशाख २०८०, शुक्रबार ११:५३ १५ बैशाख २०८०, शुक्रबार ११:५३

तनहुँ । तनहुँको दमौलीमा पछिल्लो समय मोबाइल चोरको बिगबिगी बढेको छ ।

गत वैशाख ५ गते बिहानीपख करिब ५ बजेको समयमा तनहुँको व्यास नगरपालिका वडा नं ४ स्थित सैलेन्द्र पण्डितको डेराकोठाबाट मोवाईल तथा नगद समेत चोरी भयो ।

चोरी फरार रहेका तनहुँको व्यास नगरपालिका वडा नं ५ सागे बस्ने बर्ष २२ को सुनिल थापालाई प्रहरीहरुले खोजतलास गर्ने क्रममा बिहिबार वैशाख १४ गते दिउसो १:३० बजेको समयमा व्यास नगरपालिका वडा नं २ भोर्लेटारचोक स्थितबाट चोरी भएको रेडमी नोट ११ मोबाइल सेट थान १ सहित पक्राउ गर्यो ।

बिहिबार नै तनहुँ जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै गत वैशाख १० गते राती अन्दाजी ९ बजेको समयमा तनहुँको व्यास नगरपालिका वडा नं २ जनजागृतीमार्ग स्थितमा लक्ष्मी श्रेष्ठको घरकोठाबाट वानप्लस  मोवाईल सेट थान १ र सामसुङ ग्यालेक्सी मोबाइल सेट थान १ चोरी भयो ।

उक्त मोबाईल चोरी गरी फरार रहेका तनहुँको व्यास नगरपालिका वडा नं ४ बागबजार बस्ने बर्ष २२ को ताईरे भन्ने सौरब दरै र जिल्ला तनहुँ म्याग्दे गाउँपालिका वडा नं। १ गुणादी बस्ने बर्ष १९ को शैलेस परियारलाई प्रहरीहरुले खोजतलास गर्ने क्रममा वैशाख १३ गते तनहुँको व्यास नगरपालिका वडा नं ३ स्थितबाट चोरी वानप्लास मोवाईल सेट थान १ र सामसुङ ग्यालेक्सी ए२३ मोबाइल सेट थान १ गरी २ थान मोबाइल सेट सहित दुबै जनालाई पक्राउ गर्यो ।

बिहिबार नै तनहुँ जिल्ला अदालतबाट दिन ८ को म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *