तनहुँमा कार र बस ठोक्किँदा ५ जना घाइते, तीनको अवस्था गम्भीर

Byखवरबाटिका

१० असार २०८०, आईतवार ०३:२८ १० असार २०८०, आईतवार ०३:२८ १० असार २०८०, आईतवार ०३:२८

तनहुँ । जिल्लाको भानु नगरपालिका–९ वडहरेमा शनिबार दिउँसो कार र बस ठोक्किँदा पाँच जना घाइते भएका छन् ।

बेंसीसहरबाट डुम्रेतर्फ आउँदै गरेको प्र.३.१०२४ च ९८३७ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ग१ख४३७५ नम्बरको बस आपसमा ठोक्किएको जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

दुर्घटनामा कार चालक ललितमान रुम्बासहित त्यसमा सवार ५ जना घाइते भएका छन् ।

घाइतेको एलाईभ अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *