टाइपिङ प्रतियोगितामा खैरेनीटारकी अधिकारी विजयी

Byखवरबाटिका

१७ असार २०८०, आईतवार ०८:४८ १७ असार २०८०, आईतवार ०८:४८ १७ असार २०८०, आईतवार ०८:४८

दमौली । कम्प्युटर एसोसिएसन महासङ्घ तनहुँ र आदिकवि भानुभक्त क्यम्पसको संयुक्त आयोजनामा भएको जिल्ला स्तरीय टाइपिङ प्रतियोगिता सम्पन्न भएको छ ।

विभिन्न माध्यमिक विद्यालय साथै भर्खरै एसइइ दिएर बसेका ६७ जना सहभागी भएका थिए ।

सो मध्य शुक्लागण्डकीको खैरेनीटार स्थित सोनी कम्प्युटरकी मनिला अधिकारीले १५ मिनेटमा ३०७ शब्द टाइप गरी प्रथम स्थान हासिल गर्न सफल भएकी छन् । उनले रु ५ हजार, प्रमाणपत्र र निशुल्क कम्प्युटर कोर्ष प्राप्त गरिन ।

यस्तै बिग कम्प्युटर दमौलीका समिर रोकाले २७१ शब्द र गोल्डेन कम्प्युटर दमौलीकी निशा आचार्यले २६९ शब्द टाइप गरी क्रमश: दित्तिय र तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

उनिहरुले क्रमशः रु ३ हजार र २ हजार, प्रमाणपत्र र निशुल्क कम्प्युटर कोर्ष प्राप्त गरे ।

कार्यक्रममा व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो भने क्यान महासंघका केन्द्रीय सदस्य तुल्सीराम पाण्डे लगायत को उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box