व्यास नगरपालिकाद्वारा एक वर्षमा ३८ किलोमिटर सडक विस्तार

Byखवरबाटिका

१० श्रावण २०८०, बुधबार १५:५५ १० श्रावण २०८०, बुधबार १५:५५ १० श्रावण २०८०, बुधबार १५:५५

दमौली । तनहुँको व्यास नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷८० मा ३८ किलोमिटर सडक विस्तार गरेको छ । नगरपालिकाको योजना शाखाले दिएको तथ्याङक अनुसार गत वर्षमा ४ कि.मि सडक कालोपत्रे गरिएको थियो भने २६ कि.मी नयाँ ट्रयाक खोलिएको र ८ कि.मी सडक ग्राभेल गरिएको हो ।

त्यस्तै १७ कि.मी पक्की नाला समेत विस्तार गरिएको योजना शाखाका अधिकृत भेषराज तिवारीले जानकारी दिए । उनका अनुसार थप ४ कि.मि सडक कालोपत्रे हुदै गरेको र केही महिनामै सम्पन्न हुने भएको छ ।

उनले भने,“ नगरपालिकाको आफनौ लागतमा उक्त सडक पिच गरेका हौं, १ कि.मी सडक पिच गर्न १ करोड भन्दा पनि बढी रकम खर्च हुने गर्दछ । ” उनले अघि भने,“पिच गरिएको सडकमा कालोपत्रे मात्र गरिदैन, पक्की नाला निर्माण देखि पहिरो रोकथामको भौतिक निर्माण गरिन्छ । ”

योजना शाखाले दिएको तथ्याङक अनुसार गएको वर्षमा ११ वटा वडामा कुल १२ कि.मी नयाँ ट्रयाक विस्तार गरिएको छ । जस अनुसार वडा नं १ मा ६ सय २० मिटर, वडा नं ३ मा ६५० मिटर, वडा नं ४ मा १ सय मिटर, वडा नं ५ मा ८ सय ५३ मिटर, वडा नं ६ मा ८ सय ३५ मिटर, वडा नं ८ मा ७ सय ५० मिटर, वडा नं ९ मा १ हजार २ सय मिटर, वडा नं १० मा १ हजार मिटर, वडा नं १२ मा ४ सय ९२ मिटर, वडा नं १३ मा २ हजार ४ सय ९० मिटर र वडा नं १४ मा २ हजार ८ सय ९० मिटर सडक नयाँ ट्रयाक विस्तार गरिएको छ ।

त्यसैगरि ८ वडा मा २४ कि.मी बाटोमा ग्राबेल गरिएको छ । जस अनुसार वडा नं ६ मा ६ कि.मी, वडा नं ८ मा ७ सय २० मिटर, वडा नं १० मा १.५ कि.मी,वडा नं ११ मा ५ कि.मी, वडा नं १२ मा १.२ कि.मी,वडा नं १३ मा २.१ कि.मी र वडा नं १४ मा ६ सय ८० मिटर बाटोमा ग्राभेल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box