मौलिकता बोकेको ‘यस्ता आए जमाना’

Byखवरबाटिका

१९ श्रावण २०८०, शुक्रबार १९:३९ १९ श्रावण २०८०, शुक्रबार १९:३९ १९ श्रावण २०८०, शुक्रबार १९:३९

दमौली । लोक तथा दोहोरी गीत गायिका पार्वती जिसी, तुलसी क्षेत्री, रामजी पौडेल र माया केसीले नयाँ तीज गीत ‘यस्ता आए जमाना’ बजारमा ल्याएका छन् ।

 

२०८० को हरितालिका तीजको कोशेलीका रुपमा बिहीबार सार्वजनिक भएको गीतको भिडियो गायिका तुलसी क्षेत्रीको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

गीतको भिडियोमा पछिल्ला समयका व्यस्त मोडल लोमश शर्मासंग गायिका तुलसा क्षेत्री आफै उत्रिएका छन् । पहिले बिहेका लागि प्रस्ताव गर्दा नमानेको केटो लाहुरे भएपछि केटीले गरेको पछुतोलाइ गीतमा समावेश गरिएको छ।

‘तिजका गीत महिलाका पीडा व्यक्त गर्ने माध्यम हो,’ गायिका तुलसी क्षेत्रीले भनिन, ‘यसपालीको तिजमा बिहे गर्न नमानेको केटो लाहुरे भएपछिको युवतीको पीडा प्रस्तुत गरेका छै। ’ गण्डकी प्रदेश लाहरेको क्षेत्र भएकाले यसक्षेत्रको मौलिकता र परिवेशलाई आफूहरुले समेटेको उनले बताइन ।

गायक रामजी पौडेलको शब्द र गायिका पार्वती जिसीको लय रहेको गीतको भिडियो छायांकन दुर्गा पौडेल, सम्पादन प्रकाश धमला र निर्देशन होम गुरुङ्गले गरेका छन । ‘भिडियो मार्फत हामीले गीतलाई न्याय दिने प्रयास गरेका छौ,’ गीतको भिडियो सार्वजनिक भएपछि गायिका पार्वती जिसीले भनिन, ‘हाम्रो भुगोलमा लाहुरेलाई पहिले देखी नै विशेष महत्व दिइन्थ्यो, अहिले पनि गाउँ ठाउँमा लाहुरे घर आउँदा उस्तै महत्व छ ।’

गीत सार्वजनिक भएसंगै दर्शक र शुभेच्छुकबाट सकारात्मक प्रतिक्रिया मिलेको गायक रामजी पौडेलको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box