आँबुखैरेनी गाउँपालिकाद्वारा बजार अनुगमन

Byखवरबाटिका

२४ आश्विन २०८०, बुधबार २३:०७ २४ आश्विन २०८०, बुधबार २३:०७ २४ आश्विन २०८०, बुधबार २३:०७

आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिकाले चाड्पर्व नजिकिदै जाँदा विभिन्‍न उद्योग, व्यवसाय, औषधी पसलहरुको अनुगमन गरेको छ।

गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालको संयोजकत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रशान्त पोखरेल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, आँबुखैरेनी अस्पतालका डा. डिबि क्षेत्री, ईलाका प्रहरी कार्यालयका प्रमुख शिव थापा, वडा अध्यक्षज्युहरु(दिनेश के.सी, आस बहादुर गुरुङ), उद्योग वाणिज्य संघ आँबुखैरेनीका प्रतिनिधि लगायत अनुगमन समितिका सदस्य टोलीको उपस्थितिमा वडा नं ३ /२ अन्तर्गत विभिन्‍न उद्योग, व्यवसाय, औषधी पसल, लगायत विभिन्न व्यवसायहरुको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा वडा नं ३ स्थित अखाद्य मिठाई पसल बासी मिठाई, बढी रङ्ग राखीएकोलाई जफत गरि आवश्यक कारवाहीको लागि प्रकृया अगाडी बढाईएको छ भने सरसफाईमा ध्यान नदिई शौचालय नजिकै मिठाई पसल राखी विक्रीको लागि राखिएको मिठाई पसल बन्द गरिएको छ ।

यसैगरी नेपाल सरकारले बन्देज लगाइएको क्याफिनयुक्त निलो रेडबुल जफत गरि आवश्यक कारवाहीको लागि प्रकृया अगाडी बढाईएको छ ।

यस्तै, वडा नं २ स्थित पानी फ्याक्ट्रीमा उत्पादन गरी विक्रि वितरणको लागि लैजान राखिएको लेउ लागिएको मिनरल वाटर जफत गरि आवश्यक कारवाहीको लागि प्रकृया अगाडी बढाईएको गाउँपालिकाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box