दमौली । तनहुँको व्यास-३ निवासी हाल हङ्गकङ्ग निवासी समाजसेवि मोहन बतासद्वारा स्थापना भएको मोहन बतास फाउन्डेसनले विद्यार्थीलाई झोला तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।

जिल्लाको व्यास–१२ भड्खाला स्थित मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययनरत आर्थिक रुपमा पीछडिएका विपन्न समूदायका २० जना बालबालिकाको शैक्षिक प्रोत्साहनका लागि फाउन्डेसनले शैक्षिक सामाग्री झोला, कापी, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरेको सस्थाका सचिव सर्जन थापाले जानकारी दिए ।

फाउन्डेसनका अध्यक्ष ओम राज श्रेष्ठले मोहन बतास एक सहयोगि भावना बोकेका व्यक्तिको कारण धेरै व्यक्ति, सँस्था तथा विपन्न समुदायलाई सहयोग गर्दै आएको बताए ।

प्रधानाध्यापक सुनिता देवकोटाले विद्यालय व्यास नगरपालिकाबाट दुरिले एकदम नजिक रहेर पनि भौतिक रुपमा कमि महसुस भएको बताईन । साथै शैक्षिक सामाग्री, खेलकुद सामाग्री नभएकोको बेला सस्थाले आफ्नो विद्यालय छनोट गरि गरिब र झोला बिहिन विद्यार्थीप्रती ठुलो टेवा मिलेको प्रअ देवकोटाले बताईन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box