दमौली । तनहुँको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाको नेतृत्वमा गएको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेको छ । राष्ट्रपति पौडेलसँग शुक्रबार शितल निवासमा गाउँपालिका अध्यक्ष सहितको टोलिले भेट गर्दै बन्दीपुर अस्पतालमा थप सेवा बिस्तार सहित बन्दिपुरको विकासको विषयमा अन्तर्क्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

अध्यक्ष थापाले गरेको प्रस्ताव माथी राष्ट्रपति पौडेलले बन्दिपुर अस्पतालमा आँङ खस्ने रोगको उपचार केन्द्र र चेस्ट सेन्टर स्थापनार्थ बजेट उपलब्धका सहित बन्दिपुरको विकास निमार्ण लगायतका विषयमा बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

बजेटमा बन्दिपुर अस्पतालमा आँङ खस्ने रोगको उपचार केन्द्र र चेस्ट सेन्टर स्थापना गर्ने, बन्दिपुर-झारगाउँ-धरमपानी सडक योजना र बन्दिपुर रिङरोड सडक योजना कालोपत्रे गर्ने, धरमपानी – ग्याजाटार झोलुङ्गेपुल निर्माण गर्ने लगायतका योजना सम्पन्न गर्न पहल गरिने बताइएको छ ।

शुक्रबार नै अध्यक्ष थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा संग भेटवार्ता गरी बन्दीपुरको बिकासको लागी प्राथमिकताका बिभिन्न सडकहरुलाइ बजेट ब्यबस्थापन गरी कामलाई अगाडि बढाइदिन अनुरोध गरेका थिए । त्यस्तै शनिबार पनि अध्यक्ष थापाले अन्य मन्त्रालय र विभागहरुका अधिकारीहरुसँग भेटेर बन्दीपुरको विकासका लागि छलफल गर्ने कार्यक्रम रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *