नेकपा एसका नेताद्वय प्रतापलाल श्रेष्ठ र शंकरनारायण श्रेष्ठ एमालेमै फर्किए

Byखवरबाटिका

१ फाल्गुन २०८०, मंगलवार १७:०० १ फाल्गुन २०८०, मंगलवार १७:०० १ फाल्गुन २०८०, मंगलवार १७:००

तनहुँ । नेकपा एकीकृत समाजवादीका दुई नेता एमालेमै फर्केका छन् ।

नेकपा एसका पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेश सचिव प्रतापलाल (पीएल) श्रेष्ठ तथा केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ एमालेमै फर्केका हुन् ।

पार्टी विभाजनसँगै माधव नेपाल नेतृत्वको नेकपा एसमा लागेका तनहुँका नेताद्वय श्रेष्ठलाई मंगलबार एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा अ‍ोली, वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेल सहितका नेताहरुले स्वागत गरेका हुन् ।

पिएल एमाले विभाजनअघि एमालेको पोलिटव्युरो सदस्यको जिम्मेवारीमा थिए भने शंकरनारायण राष्ट्रिय युवासंघमा आबद्ध थिए ।

यसअघि नेकपा एसको तनहुँ जिल्ला कमिटी एमालेमा समाहित भइसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *