तनहुँका प्रहरी प्रमुख एसपी अवदेश विष्टको सरुवा, अपिलराज बोहरा आउने

Byखवरबाटिका

२ फाल्गुन २०८०, बुधबार ०७:३६ २ फाल्गुन २०८०, बुधबार ०७:३६ २ फाल्गुन २०८०, बुधबार ०७:३६

दमौली । प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ ।

सरुवा सूची अनुसार २३ जिल्लाका इन्चार्ज परिवर्तन भएका छन् ।

तनहुँमा कार्यरत प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीलाई नयाँ जिम्मेवारी दिइएको छ ।

उनलाई काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रुम रानीपोखरीमा सरुवा गरिएको छ ।

अब भने जिल्ला प्रहरी कार्यालय तनहुँमा अपिलराज बोहरा प्रहरी प्रमुखका रुपमा आउने भएका छन ।

यसअघी उनि नेपाल प्रहरी प्रधान कार्यालय मानव अधिकार उल्लङ्घन अनुगमन ईकाई नक्साल, काठमाडौंमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *