राष्ट्रिय स्वतन्त्र पार्टीको डुम्रेमा सम्पर्क कार्यालय स्थापना

Byखवरबाटिका

२ फाल्गुन २०८०, बुधबार २०:३९ २ फाल्गुन २०८०, बुधबार २०:३९ २ फाल्गुन २०८०, बुधबार २०:३९

डुम्रे । राष्ट्रिय स्वतन्त्र पार्टी बन्दिपुरको डुम्रेमा सम्पर्क कार्यालयको स्थापना गरिएको छ ।

बुधबार डुम्रे बजारको जष्टचिल रेस्टुरेन्ट भएको भवनमा केन्द्रीय उप-सभापति एवं संघीय साँसद डाक्टर स्वर्णिम वाग्लेले घण्टी बजाएर उद्घाटन गरेका हुन ।

सो अवसरमा साँसद वाग्लेले सुशासन कायम गराउन पार्टीको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सभापति रवि लामिछाने र रास्वपा प्रतिको जन-आकर्षणले पुराना पार्टीहरु त्रसित रहेको र सभापति लामिछानेको साख गिराउनका लागि संयन्त्रण भईरहेको बताए ।

उप-सभापति वाग्लेले सहकारीको रकम सभापतिले नलिएको उल्लेख गर्दै लिएको भए प्रमाण पेश गर्न चुनौती दिए ।

सरकारमा आफ्नो पार्टीको उपस्थिति नरहेको भएपनि विकास र समृद्धिका लागि पार्टी लागि परेको जानकारी दिए ।

रास्वपा बन्दिपुरका अध्यक्ष कृष्णप्रसाद पन्त बासुले स्वागत गरेको कार्यक्रममा नेताहरु विश्व बास्तोला, सूर्यमणि पौडेल, चुडामणि दाहाल लगाएत पूर्व राजदुत डाक्टर जयराज आचार्य , मानकाजी श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed