व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश

Byखवरबाटिका

११ जेष्ठ २०८१, शुक्रबार १७:३२ ११ जेष्ठ २०८१, शुक्रबार १७:३२ ११ जेष्ठ २०८१, शुक्रबार १७:३२

दमौली । तनहुँको व्यास नगरपालिकाको मेयरको पुनः मतगणना असार २ गते गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले पुनः मतगणना गर्न फैसला गरेको हो ।

फैसलामा असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना अदालतले आदेश दिएको हो ।

निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको बुधबार सार्वजनिक गरिएको फैसलामा उल्लेख छ । असार २ गते १० बजे मत गणना सुरु गर्न खर्च व्यवस्थापन र समन्वयका लागि निर्वाचन आयोगलाई लेखी पठाउने फैसलामा भनिएको छ ।

२०७९ बैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्दा दर्ता गराएका थिए ।

२०७९ वैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्दा दर्ता गराएका थिए ।

कांग्रेसका बैकुण्ठनाथ न्यौपाने दुई सय ५२ मतान्तरले विजयी भएका थिए । न्यौपानेले १२ हजार ७८ र पराजित जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box