सौन्दर्य कला व्यवसायी संघ गोरखाको अध्यक्षमा रोस्ता

Byखवरबाटिका

२० श्रावण २०८१, आईतवार १७:२५ २० श्रावण २०८१, आईतवार १७:२५ २० श्रावण २०८१, आईतवार १७:२५

गोरखा । सौन्दर्य कला व्यवसायी संघ गोरखाको अध्यक्षमा रोस्ता श्रेष्ठ चयन भएकी छन् ।

शनिवार भएको संघको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

जसको उपाध्यक्षमा रिता श्रेष्ठ, सचिवमा सुस्मिता वयलकोटी, कोषाध्यक्षमा अनिता गुरुङ र सहसचिवमा सुजता वस्नेत चयन भएका छन् ।

सदस्यहरुमा सविना घले, रक्षा रावल, पूर्णिमा गुरुङ, आशा रोका, सुस्मि शाक्य, मुना श्रेष्ठ रहेका छन् । कार्यक्रममा सचिव र कोषाध्यक्षले संस्थाको बार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमकै अवसर पारेर संघकी निवर्तमान अध्यक्ष सुकु श्रेष्ठ सम्मानित भएकी छन् ।

स्थापना कालदेखि करिव नौ बर्ष संस्थाको नेतृत्व गर्दै व्यवसायिक हकहितका लागि उनले पु¥याएको योगदानको कदर गर्दै श्रेष्ठलाई सम्मान गरिएको संघले जनाएको छ ।

दोसल्ला ओडाएर कदर पत्रले उनलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *