दमौली । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) तनहुँको अध्यक्षमा निर्दोष भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् ।
बिहिबार सम्पन्न २३औं जिल्ला सम्मेलनबाट भट्टराईको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन भएको छ ।
त्यस्तै अखिल (क्रान्तिकारी) तनहुँको उपाध्यक्षमा निशान मगर र सुसम गुरुङ चयन भएका छन् ।
सचिवमा प्रमिला पाटामगर, सहसचिवमा दिपेश विक र प्रमिशा शाही ठकुरि चयन भएका छन् भने कोषाध्यक्षमा सुष्मा गुरुङ चयन भएकी छिन ।