दमौली । तनहुँको आँबुखैरेनीस्थित ऐना पहरामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ ।
पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी दीपककुमार रायकाअनुसार अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ । दुर्घटनाको कारणबारे खुल्न बाँकी छ ।
उद्धारका लागि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको छ ।