दमौलीमा सिद्धार्थ ग्रुपले सुरु गर्यो तीन तारे स्तरको ‘सिद्धार्थ होटल दमौली’

Byखवरबाटिका

२७ भाद्र २०८१, बिहीबार १२:४० २७ भाद्र २०८१, बिहीबार १२:४० २७ भाद्र २०८१, बिहीबार १२:४०

दमौली । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले तनहुँको दमौलीमा तीन तारे स्तरको होटल संचालनमा ल्याएको छ । देशैभर होटल, रिर्सोट, रेष्टुरेण्ट र क्याफेहरु सञ्चालन गर्दै आएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले विहिबारदेखि दमौलीमा सेवा विस्तार गरेको हो ।

सिद्धार्थले दमौलीको एपेक्स हस्पिटालिटि लिमिटेडसँग व्यवस्थापकीय साझेदारी गरेर तीनतारे स्तरको होटल सुरु गरेको हो ।

तनहुँको सदरमुकामको रुपमा रहेको दमौलीमा गुणस्तरीय हस्पिटालिटी सेवा प्रदान गर्ने लक्ष्यका साथ सिद्धार्थ ग्रुपले सेवा बिस्तार गरेको जनाएको छ ।

सिद्धार्थ ग्रुपले व्यवस्थापकीय साझेदारी गरेर सञ्चालनमा ल्याएको सिद्धार्थ होटल दमौलीमा होटलमा सुविधासम्पन्न कूल ३४ वटा कोठा छन् । जसको मुल्य रु ५ हजार देखि १५ हजारसम्म रहेको छ ।

त्यसबाहेक करिब एक सय ५० जना क्षमताको एउटा हल र करिब ४० जना अट्ने दुई हल छन् । ती हलमा सभा, सम्मेलन, विवाहलगायत पार्टी तथा भोज गर्न सकिन्छ ।

सिद्धार्थ ग्रुप दमौलीमा सेवा बिस्तार गरेसंगै दमौलीको पर्यटन प्रबद्र्धनमा समेत योगदान पुराउने लक्ष्य राखेको सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका होटल सञ्चालनमा छन् । जसमध्ये दमौलीको यो होटल सिद्धार्थ बाटिका अन्तर्गतको ब्राण्डमा पर्छ ।

होटल र दुई वटा फिल्म हल रहेको यो परियोजनामा करिब १ अर्ब रुपैयाँ लगानी भएको ग्रुपले विहिबार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । होटलको निर्माण एपेक्स हस्टिपालिटीले र व्यवस्थापन सिद्धार्थ ग्रुपले गरेको हो । नेपालकै ठूलो हस्पिटालिटी सञ्जाल, अन्तर्राष्ट्रिय स्तरको सेवा, विश्वसनीयता तथा कुशल व्यवस्थापनका कारण होटल व्यवस्थापन सिद्धार्थ ग्रुपसँग सहकार्यका गरिएको एपेक्स हस्पिटालिटीका कार्यकारी प्रमुख सुशिल न्यौपानेले जानकारी दिए ।

सिद्धार्थ ग्रुपले देशका एक दर्जन भन्दा बढी प्रमुख शहरमा हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ । ग्रुपले नेपालगन्जमा चारतारे होटलसहित महेन्द्रनगर, कैलालीको टीकापुर, चिसापानी, सुर्खेत, बुटवल, चितवनको चुम्लिङ्टार, काठमाडौं, ललितपुरलगायत विभिन्न स्थानमा होटल, रिसोर्ट, रेस्टुरेन्ट, क्याफे, ट्राभल, हस्पिटालिटी ट्रेड, कृषि, आइटी कम्पनीलगायत विभिन्न २८ वटा कम्पनी सञ्चालन गर्दै आएको छ । ग्रुपले देशका अन्य स्थान र छिट्टै विदेशमा समेत सेवा विस्तारको तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए ।

२६ वर्षअघि सुदूरपश्चिमको कैलालीको टिकापुरमा ग्रामिणस्तरको खाजा पसलबाट सुरु भएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको यात्रा देशका विभिन्न ठाउँ हुँदै तनहुँको दमौली आइपुगेको छ ।

ग्रुपले आईटी, कृषि क्षेत्र र हस्पिटालिटी शिक्षा क्षेत्रमा समेत लगानी गरेर व्यवसायलाई विस्तार गरिरहेको छ ।

नेपालको पर्यटन क्षेत्रका बहुचर्चित गन्तव्यहरु पोखरा र बन्दिपुरको बीचमा रहेको दमौली आफैमा विविधतापूर्ण र प्रचुर पर्यटकीय सम्भावना भएको ठाउँ हो । महर्षी वेदव्यासको तपोभूमि, बादलमाथिबाट सूर्यादय देखिने मानुङकोट डाँडा, मत्स्यकन्यालाई पूजिने छाब्दिबाराही र दमौलीको शीरमा अवस्थित तनहुँ कालिकासँगै आदिकवि भानुभक्तले प्रेरणा पाएको घाँसीकुवा जस्ता ऐतिहासिक र पुरातात्विक महत्वका पर्यटकीय गन्तव्यमा आउने पर्यटक समेतलाई स्तरीय सुविधा प्रदान गर्न होटल सञ्चालनमा ल्याईएको सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

पृथ्वी राजमार्गले छिचोलेको तनहुँको सदरमुकाम दमौलीको मेन चोकमा रहेको होटल काठमाडौँबाट १५० किलोमिटर पश्चिम र पोखराबाट ५० किलोमिटर पूर्वमा अवस्थित छ ।

होटलमा अल डे डाइनिङ रेष्टुरेन्ट, बार रेष्टुरेन्ट र सिद्धार्थ क्याफे छन । होटल रहेको भवनमा क्यूएफएक्स सिनेमा हल समेत भएकाले आगन्तुकले मनोरञ्जन र आतिथ्य एकै स्थानमा पाउनेछन् ।

पर्याप्त सवारी साधन अट्न सक्ने गरी अन्डरग्राउण्ड पार्किङ र विद्युतीय चार्जिङको पनि व्यवस्था छ । पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको सिद्धार्थ हस्पिटालिटीको सेवा सञ्जालमा कूल दुई हजारभन्दा बढी जनशक्तिले प्रत्यक्ष रुपमा र दमौलीमा ४० जनाले रोजगारी पाएका छन् भने स्थानीयको संख्या नौ जना छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *