भिमादमा रुख काट्ने क्रममा रुखले च्यापी कुमालको मृत्यु

Byखवरबाटिका

२७ भाद्र २०८१, बिहीबार १८:२० २७ भाद्र २०८१, बिहीबार १८:२० २७ भाद्र २०८१, बिहीबार १८:२०

दमौली । तनहुँको भिमादमा रुख काट्ने क्रममा रुखले च्यापी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका वडा नं. ६ मालेबगर बस्ने वर्ष ५८ को सेर बहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विहिबार बिहान सवा १० बजे जिल्लाको भिमाद नगरपालिका वडा नं. ६ रंगशाला नजिकै सिसौ घारीमा रूख काटी डोरीले तान्ने क्रममा अचानक रूखले च्यापि कुमाल घाईते भएका थिए ।

घाईते कुमालको प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा उपचारको क्रममा १० बजेर ५५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *