चाडपर्वको अवसरमा भिमादमा बजार अनुगमन

Byखवरबाटिका

१६ आश्विन २०८१, बुधबार २०:१४ १६ आश्विन २०८१, बुधबार २०:१४ १६ आश्विन २०८१, बुधबार २०:१४

भिमाद । तनहुँको भिमाद नगरपालिकाले बुधबार बजार अनुगमन गरेको छ । दसैं, तिहार र छठजस्ता चार्ड पर्वलाई लक्षीत गरि अनुगमन गरिएको अनुगमन टोली संयोजक अजय सुवेदीले जानकारी दिए ।

भिमाद नगरपालिका वडा नम्बर ६ को बसपार्क र क्याम्पस रोड क्षेत्रका २२ वटा फर्महरुमा अनुगमन गरिएको थियो । २२ फर्म मध्य ६ वटा होटल तथा रेष्टुरा, ५ वटा खाद्य पसल, ३ वटा मासु पसल र १ वटा फर्निचर अनुगमन गरिएको सुवेदीले बताए ।

चाडपर्वको समययमा बजारमा महँगो मूल्यमा समान बिक्रि हुन सक्ने भएको कारण बजार अनुगमन सुरु गरिएको नगरपालिकाले जनाएको छ । अनुगमन गरिएका फर्महरुमा साइनबोर्ड, विक्रि मूल्य सुचि, व्यवसाय कर नतिरेको, व्यवसाय दर्ता नै नगरि व्यवसाय संचालन गरिएको फेला परेको संयोजक सुवेदीले बताए ।

उनले भने ‘साइनबोर्ड नराखेकालाई ५ दिन भित्र राख्नु पर्ने, व्यवसाय कर नतिर्नेले ७ दिन भित्र तिर्न पर्नेछ ।’ नियम अनुसार नभएको कानुन अनुसार जरिवाना समेत हुने पसलेहरुलाई सचेत गरेको उनले बताए । सुवेदीका अनुसार गत वर्षको तुलनामा यस वर्ष म्याद नाघेका खाद्य वस्तुहरु कमै फेला परेको बताए ।

अनुगमन टोलीमा भिमाद पशुसेवा शाखाका पशु चिकित्सक ऋषिकेश झा, नगर उद्योग वाणिज्य संघका प्रतिनिधि धुव्र कुमार श्रेष्ठ, भिमाद इलाका प्रहरी कार्यालयका इन्चार्ज उदयराज पौडेल, कृषि सेवा सेवा प्राविधिक साहयक महमद नमिफ मियाँ लगाएतका रहेका थिए । भिमाद नगरपालिकाले बजार अनुगमन नीति पास गरेकाले बजार अनुगमन नियमित हुने अनुगमन समितिका संयोजक सुवेदीले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box