दमौली । मुग्लिङ-पोखरा सडक योजना (पूर्वीखण्ड) तनहुँ अन्तर्गत सडक निर्माणको कार्यलाई तिव्रता दिनको लागि उक्त सडक खण्डको छिर्कन देखि देउरालीसम्म राति बन्द गरेर काम गर्ने भएको छ ।

उक्त सडकखण्ड मंसिर ३ गतेदेखी २३ गतेसम्म राति साढे ४  घण्टा पूर्ण रूपमा बन्द हुने मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ ।

राति ११ बजे देखी विहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी सडक निर्माण कार्य गरिने आयोजनाले जनाएको छ । त्यस्तै विहान १ बजेबाट १:३० बजेसम्म सडक आवगमन खुल्ला गरिने र सवारी पास गराइने आयोजनाले जनाएको छ ।

यस्तै पुनः दोस्रो चरण विहान १:३० बजेबाट विहान ४:०० बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिने र त्यसपछि सडक आवगमन खुल्ला गरिने आयोजनाले सूचनामा जनाएको छ ।

सो समयमा अत्यावश्यक सवारी वाहेक अन्य सवारी साधनका लागि उक्त सडकखण्ड पूर्ण रुपमा बन्द रहनेछ । उक्त समय अवधिमा रोकिने सवारी साधनहरुले सवारी रोक्दा र सवारी चलाउदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्न समेत आयोजनाले अनुरोध गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *