दमौली । नेपाल पत्रकार महासंघ तनहुँको अध्यक्षमा धनपति अधिकारी निर्वाचित भएका छन ।
महासंघको शुक्रबार सम्पन्न महाधिवेशनमा अधिकारीले ३३ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नारायण खड्काले ११ मत पाए ।
त्यसैगरी उपाध्यक्षमा प्रताप रानाले ३० मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी सानेबहादुर नेपालीले ११ मत पाएका थिए । यस्तै महिला उपाध्यक्षमा सम्झना रसाईली निर्विरोध निर्वाचित भएकी छिन ।
त्यस्तै सचिवमा कृष्णचन्द्र न्यौपानेले २६ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी अस्मिता खनालले १६ मत पाईन । सहसचिवमा ऋषिकान्त दुवाडीले ३० मत पाएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी विनोद ढुङ्गानाले १३ मत पाए ।
त्यसैगरी सह-सचिव समावेशीमा किरण श्रेष्ठ, कोषाध्यक्षमा पूर्ण बहादुर विके, महिला सदस्यमा सुनिता आचार्य, अन्य समावेशी सदस्यमा रामशरण नेपाली, दलित सदस्यमा मुना कालिराज विके, आदिवासी जनजाति सदस्यमा चित्र गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै शुक्रबार भएको निर्वाचनमा खुल्ला सदस्यमा विकास खनालले ४१, विष्णु गौतमले ३६, उपेन्द्र खनालले ३५ र राजेश्वर हडखले ३० मत पाएर निर्वाचित भएका छन् । त्यस्तै उनीहरुका प्रतिस्पर्धी अशोक विकले ११ मत पाए ।
त्यसैगरी संघिय परिषद सदस्यमा प्रदीप काफ्ले, संघिय परिषद सदस्य समावेशीमा राजकुमार श्रेष्ठ(विबि), प्रदेश परिषद खुल्ला सदस्य शंकरराज नहर्की, प्रदेश परिषद सदस्य समावेशीमा मिला दरै, प्रदेश परिषद सदस्य सुनिता थापा निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक कमलामोहन वाग्लेले जानकारी दिए ।