दमौली । तनहुँको व्यास–६ स्थित शंकर आधारभूत विद्यालयका २६ विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ ।
व्यास–५ ढोडेनी स्थित श्री अम्बे अलौकिक कृषि फार्मकी सन्चालिका कल्पना गौलीले आफ्नो जन्मदिनको अवसरमा न्यानो कपडा वितरण गरेकी हुन ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका सदस्य समिक्षा शाहीले गरेकी थिइन भने प्रमुख अतिथि व्यास–६ का वडाध्यक्ष जीवन गुरुङ रहेका थिए ।
कार्यक्रमको समन्वय र सञ्चालन व्यास नगरपालिका–४ का वडासदस्य सरोज भण्डारीले गरेका थिए ।
कार्यक्रममा कल्पना गौलीले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेकी थिईन ।
सो अवसरमा गौलीले भनिन, “यी विद्यार्थीहरूलाई नयाँ कपडा पाएर खुसी भएको देख्दा म धेरै खुसी छु। म हरेक वर्ष कपडा र शैक्षिक सामग्री वितरण गर्दै आएको छु। स्थान र परिमाण फरक हुन सक्छ, तर म आफ्नोतर्फबाट सधैं गरिरहने छु ।’
सो अवसरमा प्रमुख अतिथि जीवन गुरुङले यस्ता कार्यक्रमहरू ग्रामीण क्षेत्रका विद्यालयहरूका लागि निकै आवश्यक रहेको बताए ।
कार्यक्रमका संयोजक सरोज भण्डारीले आगामी दिनमा यस्तो कार्यक्रम आफैंले गर्ने बताए ।
कार्यक्रमले विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न सामूहिक प्रयासको महत्त्वलाई झल्काउँने र ग्रामीण क्षेत्रका विद्यालयहरूले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न प्रेरणा प्रदान गौलीले बताईन ।