एलायन्स तनहुँको अध्यक्षमा पौडेल निर्वाचित

Byखवरबाटिका

२ पुष २०८१, मंगलवार २१:१२ २ पुष २०८१, मंगलवार २१:१२ २ पुष २०८१, मंगलवार २१:१२

दमौली । एलायन्स क्लब अफ तनहुँको अध्यक्षमा अर्जुन पौडेल निर्वाचित भएका छन ।

मंगलबार दमौलीमा सम्पन्न क्लबको पाँचौं अधिवेशनबाट अध्यक्षमा पौडेल चयन भएका हुन । यस्तै क्लबको प्रथम उपाध्यक्षमा महेश वाग्ले, द्वितीय उपाध्यक्षमा श्रीकृष्ण बराल, सचिवमा सुशान पन्थ, सहसचिवमा होमनाथ सुवेदी, कोषाध्यक्षमा कृष्ण गिरी, सह कोषाध्यक्षमा अनुशील पौडेल निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा आशिष श्रेष्ठ, गौरव खड्का, अमित कैनी, उत्तम अर्याल र करण नेपाली निर्वाचित भएका छन्।

क्लबका अध्यक्ष अजित पन्थको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं सल्लाहकार सुदीप पौडेल, सल्लाहकार दिपक राई लगायतले मन्तव्य राखेका थिए।

दमौलीमा रहेर सामाजिक क्षेत्रमा सक्रिय क्लबले यसभन्दा अगाडि पनि थुप्रै सामाजिक गतिविधिहरु गर्दै आइरहेको छ।

नवनिर्वाचित अध्यक्ष पौडेलले आगामी दिनमा सुझबुझ पूर्ण ढङ्गबाट समाजमा भइरहेका विभिन्न विषयवस्तु, परिस्थिति र अवस्थालाई हेरेर कार्यक्रम आयोजना गर्ने बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *