दमाैली । तनहुँको दमौलीमा फागुन ३ र ४ गते सम्पन्न भएको तनहुँ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि शुक्लागण्डकी नगरपालिकाले जितेको छ ।

खेलकुद विकास समिति तनहुँको आयोजनामा भएको तनहुँ जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि शुक्लागण्डकी नगरपालिकाले जितेको हो ।

प्रतियोगितामा शुक्लागण्डकी नगरपालिकाले कूल १८ पदक जितेर राष्ट्रपति रनिङशिल्डको उपाधि जितेको हो । शुक्लागण्डकी नगरपालिकाले ८ स्वर्ण, ६ रजत र ४ कास्य पदक जितेको छ।

त्यस्तै व्यास नगरपालिका २० पदक जितेपनि द्वितीय भएको छ । व्यास नगरपालिकाले ८ स्वर्ण, ५ रजत र ७ कास्य पदक जितेको छ । यस्तो बन्दीपुर गाउँपालिका ३ स्वर्ण, २ रजत जित्दै तृतीय भएको छ ।

प्रथम हुने शुक्लागण्डकी नगरपालिकालाई रनिङशिल्ड र ट्रफी प्रदान गरिएको छ भने द्वितीय र तृतीय हुने क्रमशः व्यास र बन्दीपुरलाई ट्रफी प्रदान गरिएको छ ।

विजेतालाई व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डे लगायतले पुरस्कार वितरण गरेका थिए । उक्त प्रतियोगितामा एथलेटिक्स, कबड्डी, कराँते, भलिबल, लगायतका खेल सञ्चालन खेलाइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *