ऋषिङ । तनहुँको रिसिङ गाउँपालिका वडा नम्बर ७ मा झुलबहादुर आले स्मृति प्रतिष्ठानले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
जेष्ठ नागरिक साथै सामाजिक भत्ता लिने गरेका वृद्धाहरूको लागि उक्त शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा स्वास्थ्य समस्या, पेट सम्बन्धी रोग, तथा जनरल विरामिहरुको पनि उपचार साथै औषधि वितरण गरिएको थियो ।
विभिन्न स्वास्थ्य समस्यालाई झेल्दै आएको स्थानीयहरु आफ्नै गाँउमा आयोजना भएको शिविरमा स्वास्थ्य सेवा पाँउदा खुसी भएको प्रतिष्ठानका अध्यक्ष कमल आलेले बताए ।
उक्त शिविरबाट ९१ जनाले सेवा लिएका थिए ।
प्रदेश अस्पताल दमौलीको सहयोगमा हे.अ उत्तम रायमाझी र स्टाफ नर्स उषा थापा, थापा मेडिकलबाट डा. विवेक खत्री ले सहयोग गरेका थिए ।