दमौली । तनहुँको दमौलीमा शनिबार एक गीतको म्युजिक भिडिओ विमोचन गरिएको छ । ड्रिम्स प्रोडक्सनको सहकार्यमा सुसन पन्थको प्रस्तुती रहेको ‘विश्वास गर’ गीतको म्युजिक भिडिओ विमोचन गरिएको हो।
उक्त गीतको भिडिओ महेश वाग्ले युटुब च्यानलमा रहेको छ । म्युजिक भिडिओ विमोचन कार्यक्रमको आयोजना एलायन्स क्लब अफ तनहुँले गरेको थियो ।
गीतमा गायक दिपक लिम्बुले स्वर भरेका छन् भने शब्द सागर उदास र संगीत राजेश थापाको रहेको छ । उक्त गीतको भिडिओमा महेश वाग्ले, प्रभास भट्ट, अनु सुनार र अस्मिता श्रेष्ठ लगायतले अभिनय गरेका छन् ।
उक्त भिडिओको सिनेमाटोग्राफी, इडिट र कन्सेप्ट सुसन पन्थको रहेका छ । यसको डिओपिमा सन्दिप श्रेष्ठ रहेका छन् । पोस्ट प्रोडक्सन ड्रिम्स प्रोडक्सनले गरेको छ ।
विमोचन कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले म्युजिक भिडिओ राम्रो बनेको भन्दै टिमको प्रसंशा गरिन । उनले अगाडी भनिन ‘गीतको भिडिओमा एक जनाले अर्कोलाई धोका दिएपनि रियल लाइफमा धोका नदिनुहोला ।’
म्युजिक भिडिओले देश विदेशमा चर्चा बटुल्न सकोस भन्दै उनले शुभकामना समेत सो अवसरमा दिएकी थिइन् । उक्त गीतको भिडिओ तनहुँको बन्दीपुर र बन्दीपुर केवलकार वरपर छायाङ्कन गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका सहसचिव किरण श्रेष्ठ, गण्डकी वाङ्मय प्रतिष्ठानका पुर्वअध्यक्ष अर्जुन अधिकारी (सागर उदास), अधिवक्ता विष्णु हड्खले, मेडिकल व्यवसायी राजु दाहाल, सामाजिक अभियान्ता मोहमद गफार, रोटर्याक्ट क्लब अफ दमौलीका आगामी वर्षका अध्यक्ष गोविन्द तिमल्सेना, एलायन्स क्लव अफ तनहुँका पुर्वअध्यक्ष अजित पन्थ, क्लबका पुर्वअध्यक्ष सुदिप पौडेल लगायतका वक्ताहरुले म्युजिक भिडिओको बारेमा बोलेका थिए ।
म्युजिक भिडिओ विमोचन कार्यक्रमको संचालन क्लबका सचिव सुसन पन्थले गरेका थिए भने क्लवका अध्यक्ष अमित कैनीको सभापतित्वमा कार्यक्रम भएको थियो ।
भिडिओ :