आदिकवि भानुभक्तको जन्मस्थल चुँदीरम्घामा भानु जयन्ती भव्य रुपमा मनाइने

Byखवरबाटिका

१८ असार २०८२, बुधबार १८:५१ १८ असार २०८२, बुधबार १८:५१ १८ असार २०८२, बुधबार १८:५१

भानु । आदिकवि भानुभक्त आचार्यको दुई सय १२औं जन्म जयन्ती भब्य रुपमा मनाईने भएको छ ।

आदिकवि आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका ४ चुँदीरम्घामा विभिन्न कार्यक्रम गरि ३ दिनसम्म मनाईने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

आगामी असार २७, २८ र २९ गते कविता प्रतियोगिता, रामायण वाचन प्रतियोगिता, काव्य-सन्ध्या, प्रभातफेरी र औपचारिक कार्यक्रम गरि मनाईने समितिले जनाएको छ ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय चुँदीरम्घामा विकास समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, विकास समितिका पदाधिकारीहरु, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, वडाअध्यक्षहरु लगाएतको सहभागिता रहेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी अधिकृत एवं सदस्य सचिव कृपाहरि लौडारीले जानकारी दिए ।

आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई सप्तधामको रुपमा विकास गर्न राष्ट्रपति रामचन्द्र पौडेलले विशेष चासो राखेका कारण योजना अघि बढेको भानुका नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *