तनहुँका एक व्यक्ति काभ्रेबाट बेपत्ता

Byखवरबाटिका

२९ माघ २०७८, शनिबार १५:१६ २९ माघ २०७८, शनिबार १५:१६ २९ माघ २०७८, शनिबार १५:१६

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-१० बाङराङका तोलानारायण श्रेष्ठ (टिकाराम) काभ्रेबाट बेपत्ता हुनुभएकाे छ । ४२ वर्षीय श्रेष्ठ २१ माघदेखि बेपत्ता हुनुभएकाे हाे ।
काभ्रेको धुलिखेलस्थित आफन्तकोमा जानुभएका उहाँ आफन्तकै घरबाट बेपत्ता भएको भाइ धननारायण श्रेष्ठले बताउनु भयाे । बिहान ४ बजे जुत्ता चप्पलसमेत नलगाईकन हराएका दाजु अझै फेला नपरेको उहाँको भनाई छ । गहुँगोरो वर्णका श्रेष्ठले निलो रङ्गको जिन्स पाइन्ट र कालो, सेतो रंग मिश्रित ज्याकेट लगाउनु भएकाे थियाे । ‘दाजुको रुमाल घरी घाँटीमा राख्ने घरी टाउँकोमा बाँध्ने बानी छ’, उहाँले भन्नुभयाे ।

वैदेशिक रोजगारिको शिलशिलामा साउदी अरेबिया रहनु भएका उहाँ दुई महिना अगाडि घर फर्किनु भएकाे थियाे । १६ माघमा उहाँतनहुँबाट काभ्रेस्थित आफन्तकोमा गएको परिवारले जनाएको छ । उहाँलाई देख्ने कसैले नजिकको प्रहरी कार्यालयमा वा ९८६९२७००१५, ९८२३५३६६०३ सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box