तनहुँ । तनहुँको भिमाद नगरपालिकामा नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र राष्ट्रिय जनमुक्ति पार्टीको गठबन्धन बनेको छ । स्थानीय स्तरमै उक्त गठबन्धन बनेको हो ।

उक्त गठबन्धनबाट भिमाद नगरपालिकाको नगरप्रमुखमा नेकपा (एकीकृत समाजवादी)बाट काजिमान श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसबाट मिलान आले उम्मेदवार बनेका छन् ।

नगरप्रमुखका उम्मेदवार श्रेष्ठ एकीकृत समाजवादी भिमादका अध्यक्ष हुन् भने उपप्रमुखका उम्मेदवार आले नेपाली कांग्रेस तनहुँका सहसचिव हुन् ।

सोही गठबन्धनले बुधबार पत्रकार सम्मेलन आयोजना गरी आफ्नो चुनावि घोषणापत्र सार्वजनिक गरेको छ । उक्त घोषणापत्रमा नगर भित्रका विवादित जग्गा समस्या समाधानदेखि अवैध दोहनको अन्त्यसम्मको बाचा लेखिएको छ ।

गत निर्वाचनमा विपक्षी पार्टीले पनि सोही विषयलाई मुख्य मुद्धा बनाएर निर्वाचन जिते तर सो विषयमा ठोस रुपमा सम्बोधन नभएको स्थानिय नगरबासी बताउछन् ।

सो गठबन्धनको सहमती अनुसार नगरप्रमुखका उम्मेदवार श्रेष्ठ आफ्नै पार्टीको चुनाव चिन्ह कलम लिएर उठ्ने छन् भने उपप्रमुखसहित अन्य सबै उम्मेदवार कांग्रेसको रुख चुनाव चिन्ह लिएर उठ्ने उपप्रमुखका उम्मेदवार आलेले जानकारी दिए ।

गत २०७४ को स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाँदा फरक पार्टीको फरक-फरक चुनाव चिन्ह हुँदा हार व्यहोर्नु परेकाले यसपाली नगरप्रमुख बाहेकका सबै उम्मेदवार जुन पार्टीबाट भएपनि रुख चुनाव चिन्हबाट चुनावी मैदानमा उत्रने आलेले बताए ।

जसअनुसार यसपाली तीन वटै पार्टीका उपप्रमुख, वडाअध्यक्ष र वडासदस्यका उम्मेदवार कांग्रेसको चुनाव चिन्ह रुखबाट निर्वाचनमा उठ्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *