तनहुँ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतितिष्ठान नेपाल जिल्ला कार्य समिती तनहुँले बुधबार हिले महोत्सव गर्ने भएको छ । प्रतिष्ठान तनहुँले राष्ट्रिय धान दिवसको अवसरमा बुधबार तेस्रो हिले.महोत्सव गर्न लागेको अध्यक्ष सितामाया गुरुङले जानकारी दिईन ।

असार १५ गते धान दिवसको अवसरमा बुधबार जिल्लाको व्यास-१ अम्रेनीमा हिले महोत्सव गर्न लागेको प्रतिष्ठान तनहुँका प्रथम उपाध्यक्ष श्रीराम गन्धर्बले बताए । उनले भने ‘ कृषि विकासको मूल आधार प्रोत्साहन गर्ने हाम्रो चाहाना, लोक कला संस्कृति संरक्षण तथा पर्यटन प्रबर्द्धन गर्ने हाम्रो चाहाना ।’

उक्त महोत्सवमा डोरी तान्ने प्रतियोगिता, छिटो धान रोप्ने प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम हुने प्रथम उपाध्यक्ष गन्धर्बले जानकारी दिए ।

सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ । मुलुक कृषि प्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *