तनहुँ । लायन्स क्लब अफ तनहुँले नि:शुल्क मानसिक स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै क्लबले यहीँ असार १८ गते शनिबारदेखि शिविर सुरु गर्न लागेको जनाएको छ ।
शिविर हरेक महिनाको तेस्रो शनिबार १० बजेबाट १ बजेसम्म शिविर संचालन गर्ने क्लबले जनाएको छ । कोशिस संगको सहकार्य पालिका स्तरमा कार्यक्रम गर्ने योजना रहेको क्लबका अध्यक्ष राजु दाहाल जानकारी दिए ।
मानसिक रोग लुकाउने होइन, समस्या बारे खुलेर भन्नुपर्छ क्लबका अध्यक्ष दाहालले भने ।
शिविर एक वर्ष निरन्तर रहने अध्यक्ष दाहालले जानकारी दिए । उनका अनुसार मानसिक समस्या भएका व्यक्तिको गोप्यनियतालाई ध्यानमा राखिने उनलेे बताए । डा.देवकुमार थापाले उपचार आवश्यक मानसिक रोगीलाई उपचार गर्ने क्लबले जनाएको छ ।
विपन्न निशुल्क औषधी वितरण गर्ने र एक वर्षको शिविरमा ४ लाख खर्च हुने अनुमान गरेको क्लबका अध्यक्ष दाहालले बताए । अन्यलाई मनोविद सिता भण्डारीले मनोसामाजिक परामर्श गराउने क्लबका अध्यक्ष दाहालले जानकारी दिए
स्थानीय पालिकाले मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रम गर्नुपर्ने मनोविद भण्डारीले जानकारी दिईन । जिवनदेखी विरक्तियका मानिसलाई परामर्श गर्ने उनले जानकारी दिईन । मानसिक समस्या सबै उमेरका लाई हुन सक्ने उनि बताउछिन ।
मानसिक स्वास्थ्य समस्याका कारण आत्महत्याका घटना दैनिक बढिरहेको उनले बताईन । मनलाई सफा गर्नुपर्छ, परामर्शबाट मानसिक रोग निको हुने उनले जानकारी दिइन ।
डिस्ट्रीक टिम लिडर सुरेन्द्र पौडेलले मानसिक रोग नराम्रो होइन, घृणा गर्ने चिज होइन समस्याको समाधान हुने बताए । समस्या नलुकाई समयमै परामर्श गरे मानसिक रोग समाधान हुने पौडेलले जानकारी दिए ।
कार्यक्रमका लागी शुक्लागण्डकी-५ का स्थायी बासिन्दा हाल फिनल्यान्डमा रहेका बसन्त घिमिरेले सहयोग गरेको क्लबले जनाएको छ ।
नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले मानसिक रोग समयमै निदान गर्न नसक्दा अकाल मै जिवन सक्ने बाटोमा देखिएकाले समस्या समाधानमा सबैको ध्यान पुग्न जरुरी रहेको बताए । शिविर ग्रामिण क्षेत्रमा विस्तार गर्नुपर्ने अध्यक्ष पौडेलले सुझाव दिएका थिए ।