तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तनहुँ जिल्ला कमिटी पुनर्गठन गरिएको छ ।
आइतबार जिल्ला कमिटीको बैठक पार्टीका जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य शंकरनारायण श्रेष्ठको अध्यक्षता भएको थियो ।
केन्द्रिय सर्कुलर अनुसार केन्द्रिय कमिटीमा रहेका सबैले जिम्मेवारी हस्तान्तरण गर्ने निर्देशन अनुसार जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठलाई धन्यवाद सहित बिदाई गरेको नेकपा एकीकृत समाजवादी तनहुँले जनाएको छ ।
साथै तनहुँको जिल्ला अध्यक्षमा श्रीराम कार्की चयन भएका छन ।
उपाध्यक्षमा मनुमाया श्रेष्ठ र थमन आले, सचिवमा दुर्गा कुमार श्रेष्ठ, उपसचिवमा ऋषिराम पन्त, गजिन्द्रराज पन्थ, नर बहादुर रानाभाट सहित ११५ सदस्यीय जिल्ला कमिटी पुनः गठन गरेको छ ।
कहाँ को सिफारिस ?
यस्तै पार्टी संघीय समन्वय कमिटी र प्रदेश कमिटीले गरेको सिफारिस अनुसार तनहुँ निर्वाचन क्षेत्र न १ मा प्रतापलाल श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ किसान, कलिला खान, सिताराम घले परियार, बिष्णु बहादुर खड्का सिफारिस भएका छन ।
यस्तै क्षेत्र नम्बर १ को क प्रदेश सभामा विद्या ढकाल, लाल बहादुर श्रेष्ठ, रामकला पौडेल, कल्पना नेपाली र क्षेत्र नम्बर १ ख मा मनुमाया श्रेष्ठ, गजिन्द्र पन्थ, श्रीप्रसाद भट्टराई, तेज बहादुर सुनार सिफारिस भएका छन ।
यस्तै प्रतिनिधि सभा क्षेत्र न २ मा चित्र बहादुर थापा, शंकर पोख्रेल, दुर्गा नेपाली, सानुमाया महत सिफारिस भएका छन
यस्तै क्षेत्र नम्बर २ क प्रदेश सभामा रेखा थापा बस्याल, दुर्गा कुमार श्रेष्ठ, कमल गैह्र, थमन आले र क्षेत्र नम्बर २ को ख मा काजिमान श्रेष्ठ, भक्त रसाइली, भुपाल थापा, सुर्यप्रकाश तिमिल्सिना, पुर्ण बहादुर थापा, मधुमाया ढकाल सिफारिस भएको नवनियुक्त अध्यक्ष श्रीराम कार्कीले जानकारी दिए ।
यस्तै बैठकले नवगठित जिल्ला अध्यक्ष श्रीराम कार्किको अध्यक्षतामा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।