चैत्र ७ गते २०७६

वाइल्डकार्डबाट नेपाल अाइडलमा किरणको’कमब्याक’

गायन प्रतियोगिता नेपाल अाइडलकाे वाइल्डकार्डबाट किरण भुजेलले इष्ट्री पाएका छन् । वाइल्डकार्ड इन्ट्री पाएसंगै उनी अन्य उत्कृष्ट प्रतियोगीसंगै नेपाल अाइडलकाे तेस्रो संस्करणमा पुनः फर्किएका छन् ।

अाफ्नो फेसबुकमा वाइल्डकार्ड इन्ट्रीकाे मुख्य कारण दर्शककाे माया भएकाे भन्दै उनले अागमी दिनमा पनि दर्शकहरूकाे माया निरन्तर रूपमा पाउने विश्वास लिएकाे बताएका छन् । उनले फेसबुकमा लेखेका छन ।

दाेस्राे माैका त्यसै दिइदैन, दिइन्छत केवल पहिला भन्दा राम्राे गर्न वा अझ अगाडि बढ्न । मैले पनि अझ परिपक्क बन्न र अझै सक्षम सावित गर्न पुनः ठूलाे माैका पाएकाे छु ।
Nepal Idol S3 मा टप 5 का लागि wildcard मार्फत पुन प्रतिस्पर्दा गर्ने माैका पाउनुकाे सम्पुर्ण श्रेय तपाईहरूलाई नै जान्छ । हजुरहरूकाे माया र साहारा विना याे विल्कुलै सम्भब थिएन । मैले पाएकाे यस माैकालाई सार्थक बनाउन हजुरहरूकाे सबै भन्दा ठूलाे हात हुनेछ । मलाई फेरि पनि विश्वाष गरि धेरै भन्दा धेरै भाेट गरिदिनु हुन विश्व भरि रहनुभएका सम्पुर्ण नेपाली संगित प्रेमि, नेपाली, नेपाली भाषि भुट्निज तथा मेरा सम्पुर्ण सुभचिन्तक ज्यूहरूमा सादर अनुराेध गर्दछु । 🙏

उनले शुक्रबार बेलुकी ८ बजेदेखी साेमबार दिउँसाे १२ बजेसम्म संचालन हुने भाेटिङमा अाफूलाइ भाेट गरी सहयोग गर्न सबै दर्शकमा अनुराेध गरेका छन् । किरणलाइ भाेट गर्न NI 03 टाइप गरी 37000 मा पठाउन सकिनेछ ।

3.4K+Shares