गण्डकी प्रदेशका ११ जिल्ला मध्ये कास्की जिल्लामा सक्रिय काेरोना संक्रमितकाे संख्यामा सबैभन्दा धेरै रहेकाे छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सोमबार सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार कास्की जिल्लामा ७३ जना काेरोनाकाे सक्रिय संक्रमित रहेका छन । त्यसैगरी तनहुँ दाेश्राे र स्याङ्जा तेश्राे स्थानमा रहेका छन् ।

तनहुँमा ३५ जनामा काेरोना भाइरसका संक्रमण सक्रिय रहेकाे र स्याङ्जा जिल्लामा ३१ जनामा काेरोना भाइरसकाे संक्रमण सक्रिय रहेकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ। त्यसैगरी बाग्लुङमा २०, नवलपरासीमा ११, पर्वतमा ७, गोरखामा ४, लमजुङमा ३ गरी १ सय ८४ जनामा काेरोना भाइरस सक्रिय रहेकाे छ । मनाङ, मुस्ताङ र म्याग्दी ३ जिल्लामा भने सक्रिय काेरोना संक्रमितकाे संख्या सुन्य रहेको छ ।

त्यसैगरी हालसम्म गण्डकी प्रदेशका १ हजार ७ सय ३९ जनामा काेरोना भाइरसकाे संक्रमण पुष्टी भएकाेमा १ हजार ५ सय ५० जना निकाे भइसकेकाे र ५ जनाकाे मृत्यु भएकाे छ । १ हजार १ सय ५० जना क्वारेन्टिनमा रहेका छन् ।

हेर्नुहाेस तालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *