पोखरामा उपचार गराइरहेकी बन्दीपुरकी महिलाको मृत्यु

Byखवरबाटिका

२ भाद्र २०७७, मंगलवार १८:५९ २ भाद्र २०७७, मंगलवार १८:५९ २ भाद्र २०७७, मंगलवार १८:५९

कोरोना परिक्षणकाे रिर्पाेट मंगलबारै अाउँने

तनहुँ – पोखराकाे ग्यालेक्सी हस्पिटलमा उपचार गराउँदै अाएकी बन्दिपूर गाँउपालिकाकी एक महिलाकाे मंगलबार मृत्यु भएकाे छ । श्वाप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि ग्यालेक्सी हस्पिटल रिफर भएकी बन्दीपुर-६ की २६ बर्षिया महिलाकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

उनी साउन २० गते बन्दीपुर हस्पिटलमा उपचारका लागि भर्ना भएकी थिइन् । स्वास्थ्यमा थप समस्या भएपछि उनी साउन २४ मा भरतपुरको मनकामना अस्पतालमा उपचारका लागि पुगेकी थिइन् । साउन २९ मा मनकामना हस्पिटलबाट डिस्चार्ज भएकी उनमा पुनः स्वास्थ्य समस्या देखिएपछि मंगलबार बिहान डुम्रेस्थित मोती मेडिकल हलमा उपचारका लागि पुगेकाे गाउँपालिकाका अध्यक्ष समेत रहेका मोती मेडिकल हलका संचालक पूर्णसिहं थापाले बताए ।

‘उनी मेरो मेडिकलमा आउँदा अक्सिजन कम भइसकेको थियो,’ थापाले भने, ‘डाक्टरसँग सम्पर्क गरेर पठाएको केही घन्टामै मृत्युको खबर आयो ।’ अस्पताल ल्याइएको ४५ दिनेटभित्रै उनको मृत्यु भएको ग्यालेक्सी हस्पिटलका प्रबन्ध निर्देशक दिपेन्द्र थापाले जानकारी दिए । ‘हस्पिटल ल्याइपु¥याउँदा स्वास्थ्य अवस्था निकै कमजोर भइसकेको रहेछ,’ उनले भने , ‘बिहान ११ बजेतिर ज्यान गएको जानकारी प्राप्त भएको छ ।’ उनमा अक्सिजनको मात्रा अत्याधिक कमी भएको अस्पतालले जनाएको छ ।

उपचारकाे क्रममा मृत्यु भएकी महिलालाइ कोरोनाको आशंकामा परीक्षणका लागि स्वाब पठाइसकिएको स्रोतले जनाएकाे छ । मंगलबारै बेलुका नतिजा आउने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *