काठमाडौं – लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत ‘मसला’ सार्वजनिक भएको छ । सुनिल र एलिना चौहानको स्वर रहेको गीतमा पछिल्लो समय चर्चित डान्सर सुधिर श्रेष्ठ, नायिका जेबिका कार्की, हाँस्यकलाकार बुद्धि तामाङ र सुनिल गिरीको अभिनय रहेको छ ।
सुनिलले दशैँको अवसरमा बजारमा ल्याएको मसलामा नयाँ कलाकार विशाल रेग्मीको पनि अभिनय देख्न सकिन्छ। आफ्नो गीतमा प्रायजसो नयाँ अनुहारलाई मात्रै स्थान दिने गायक गिरीले यसपटक भने चर्चित अनुहारलाई समावेश गरेर भिडियो निर्माण गरेका छन । गायक गिरीकै स्वर, लय, शब्द रहेकाे गीतकाे भिडियो समेत गिरी आफैंले निर्देशन गरेका छन् ।
प्रेम रोमान्स र यौन मनोवैज्ञानिक विषयलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको गीतमा भट्टीमा आउने ग्राहकहरु साँहुनीसंग जिस्किंदै गर्ने ब्यबहारलाई उतारिएकाे छ। गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् ।विकास दाहालको कलर र सम्पादन रहेको भिडियोको छायांकन चर्चित छायांकार हरि हुमागाईले गरेका हुन् । भिडियोकाे पाेष्टर पाेड्रक्सन पवन सिंखडाले गरेका हुन ।