७ सय १४ जनाले लगाए कोभिडशिल्ड खोप

Byखवरबाटिका

१७ माघ २०७७, शनिबार १८:०९ १७ माघ २०७७, शनिबार १८:०९ १७ माघ २०७७, शनिबार १८:०९

कोरोना भाइरस बिरुद्धको खोप ‘कोभिडशिल्ड’ तनहुँमा पनि पहिलो चरणमा लगाइदै आएको छ । गत बुधबारदेखी तनहुँका सरसफाईकर्मी, महिला स्वास्थ्य स्वंयसेविका र स्वास्थ्यकर्मीलाई पहिलो चरणमा कोरोना बिरुद्धको खोप लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
शनिवारसम्म तनहुँका ७ सय १४ जनालाई कोभिडशिल्ड खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । जस मध्ये ५ सय १८ महिला र १ सय ९६ पुरुष रहेका छन । सरकारले पहिलो प्राथमिकतामा राखेको सरसफाईकर्मी, महिला स्वास्थ्य स्वंयसेविका र स्वास्थ्यकर्मीलाई कोभिड शिल्ड खोप लगाइएको हो ।
स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका सरसफाईकर्मी र स्वास्थ्यकर्मीले कोभिडशिल्डको खोप लगाएका छन । ‘ऋषिङ, घिरिङ, भिमाद र शुक्लागण्डकी क्षेत्रबाट लक्षित अनुसार खोप लगाइएको छ,’ उनले भने, ‘अन्य पालिकाले आइतबार र सोमबार खोप लगाउनेछन ।’
पहिलो चरण अन्र्तगत कार्यालयले बुधबारदेखी सोमबारसम्म खोप लगाउने अधिकारीले बताए । तनहुँमा १८९ भाइल खोप भित्रिएको थियो । एक भाइलले १० जनालाई खोप लगाउन सकिन्छ । तनहुँका १० स्थानीय तहका १६७९ जनालाई खोप लगाउने लक्ष्य राखेको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *