चौथो व्यास अल्ट्राको उपाधी देवराज महतारालाई

Byखवरबाटिका

१६ माघ २०७७, शुक्रबार १३:५४ १६ माघ २०७७, शुक्रबार १३:५४ १६ माघ २०७७, शुक्रबार १३:५४

दमाैली – चौथो व्यास नगर अल्ट्रा म्याराथनको उपाधी कालिकोटका देवराज महताराले जितेका छन । ४४ किलोमिटर दुरीको मानुङकोट–पुलिम¥याङ दौडलाई तीन घण्टा तीन मिनेट ५१ सेकेन्डमा पार गर्दै देवराज महतारा व्यास नगर अल्ट्रा म्याराथनको बिजेता बनेका हुन । गत बर्षका व्यास नगर अल्ट्रा म्याराथन बिजेता सुमन कुलुङ राईले दोश्रो स्थान हासिल गरे । उनले तीन घण्टा आठ मिनेट एक सेकेण्डमा दौड पुरा गरे ।
तीन घण्टा १० मिनेट पाँच सेकेन्डमा दूरी पार गर्दै वेदबहादुर सुनारले तेश्रो स्थान हासिल गरे । व्यास नगरपालिकाले पर्यटकीय एवं ऐतिहासिक मानुङकोट र शहिदहरुको गाउँ पुलिम¥याङ जोड्न हरेक वर्ष शहिद दिवसको दिन अल्ट्रा म्याराथनको आयोजना गर्दै आएको हो ।
यो वर्ष प्रतियोगितामा सहभागी हुन एक सय ७९ धावकले नाम दर्ता गराएकोमा शुक्रबार प्रतियोगितामा एक सय ५३ धावक सहभागि भएको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको बिजेताले ८५ हजार ७७, उपबिजेताले ६५ हजार ७७, तृतीय स्थान हासिल गर्नेले ५५ हजार ७७ र ५ जनालाई सान्त्वना पुरस्कार १६ हजार ७७ रुपैया प्रदान गरिएको व्यास नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *