६ पत्रकारलाई पत्रकारिता पुरस्कार प्रदान

Byखवरबाटिका

१३ माघ २०७७, मंगलवार ११:१५ १३ माघ २०७७, मंगलवार ११:१५ १३ माघ २०७७, मंगलवार ११:१५

दमौली- नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ जना पूर्व अध्यक्षलाई विभिन्न पुरस्कार प्रदान गरेको छ । शाखाको आज सम्पन्न १२ औ साधारण तथा सम्मान एंव पुरस्कार अर्पण महासङ्घमा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार, टिकानिधी ढुङ्गाना पत्रकारिता पुरस्कार र भर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्व अध्यक्षहरुलाई प्रदान  गरिएको हो ।

सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बर बहादुर अधिकारीलाई प्रदान गरियो उक्त पुरस्कारको राशी रु पाँच हजार रहेको छ । टिकानिधी ढुङ्गाना पत्रकारिता पुरस्कार–२०७५ विश्वबन्धु भण्डारी र २०७६ प्रदीप काफ्लेलाई प्रदान गरिएको शाखाका सचिव उज्ज्वल पौडेलले जानकारी दिए । उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ । यसैगरी भर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार प्रेमप्रसाद पौडेललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ ।

तनहुँ जिल्लाको पत्रकारितामा उल्लेखनीय योगदान पु¥याए बापत उनीहरूलाई पुरस्कृत गरिएको  महासङ्घका अध्यक्ष ओमकार आचार्यले जानकारी दिए ।

सम्मानित अग्रज पत्रकारलाई साधारण सभाका प्रमुख अतिथि व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपाने र विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले सम्मान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *