पारस चढेको हेलिकप्टर तनहुँमा आकस्मिक अवतरण, को को थिए हेलिकप्टरमा सवार?

Byखवरबाटिका

१८ चैत्र २०७७, बुधबार २१:२२ १८ चैत्र २०७७, बुधबार २१:२२ १८ चैत्र २०७७, बुधबार २१:२२

 


तनहुँ – पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर बुधबार साँझ तनहुँमा आकस्मिक अवतरण गरिएको छ ।

राजविराजबाट पोखराको लागि उडेको एयर डाइनेष्टिक हेलिकप्टर व्यासनगरपालिका–१४ स्थित मास्दीघाटमा आकस्मिक अवतरण गरिएको हो ।

पानी पर्ने र बाक्लो तुवाँलो कारण मौसम खराबी हुँदा आकस्मिक अवतरण गर्नुपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।
उक्त हेलिकप्टरमा पूर्व युवराज पारस शाह सहितको छ जनाको टोली रहेको र मौसम सफा भएपछि बिहीबार उडान भर्ने योजना रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *