तनहुँ- तनहुँमा भ्यान्टिलेटर, आईसियु र अक्सिजन प्लान्ट निर्माणका लागि अर्थ मन्त्रालयले ९ करोड बिनियोजन गरेको छ।
तनहुँ १ का सांसद कृष्णकुमार श्रेष्ठ, तनहुँ २ का सांसद केदार सिग्देल र राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेको पहलमा शुक्लागन्डकी नगरपालिका स्थित जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा ५ वटा भेन्टिलेटर र १० वटा अाईसियु बेड जडानको लागि ६ करोड अर्थ मन्त्रलयले बिनियोजन गरेको हो।
त्यसैगरी तनहुँमा अक्सिजन प्लान्ट निर्माण र अक्सिजन उत्पादनको लागि ३ करोड रुपैया तत्काल उपलब्ध गराउने निर्णय भएको तनहुँ १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले जानकारी दिए।