आँबुखैरेनी– करुणा फाउण्डेशन नेपालको सहयोगमा आँबुखैरेनी गाउँपालिकालाई मंगलबार २ थान अक्सिजन मेसिन सहयोग गरिएको छ । आँबुखैरेनी वडा नं. ३ का वडा सदस्य दिनेश केसीको पहलमा गाउँपालिकालाई सो अक्सिजन मेसिन सहयोग गरिएको हो ।
विश्वव्यापी रुपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरस संक्रमणको यस बिषम परिस्थितीमा गाउँपालिकामा अक्सिजनको अभाव हुन नदिन आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा र प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद पोखरेललाई सो अक्सिजन उत्पादन गर्ने मेसिन हस्तान्तरण गरिएको युवा समाजसेवी एवं वडा सदस्य केसीले जानकारी दिनुभयो ।
आँबुखैरेनीमा अक्सिजन उत्पादन गर्ने मेसिनको आवश्यकता रहेको र सहयोग स्वरुप अक्सिजन मेसिन उपलब्ध गराईदिनुभएकोमा गाउँपालिकाको तर्फबाट केसीलाई विशेष धन्यवाद दिईएको छ ।